हिमाली जिल्ला मुगुका व्यवसायीलाई कर तिर्न छिमेकी जिल्ला जानुपर्ने बाध्यता छ ।
नगरपालिकामा रहेका व्यवसायीका लागि वार्षिक २ हजार ५ सय र गाउँपालिकामा रहेका व्यवसायीलाई १ हजार ५ सय रुपैयाँ कर तिर्न १५ हजारभन्दा बढी खर्च लाग्ने गरेको छ ।
आफूलाई पायक पर्ने स्थानमा करदाता कार्यालय स्थापना नुहँदा कर लागत भन्दा बढी खर्च हुने गरेको व्यवसायीहरुले गुनासो गरेका छन् ।
जिल्लामा रहेको रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय वा जिल्ला उद्योग वाणिज्य संघमार्फत कर तिर्ने र प्यान नम्बर उपलब्ध गराउने व्यवस्था भए सहज हुने व्यवसायीहरुको भनाई छ । आजको कारोबार दैनिकमा समाचार छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६