क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीलाई पछी पार्दै लिभरपुल डिफेन्डर भर्जील भान डाइकले यूईएफए वर्ष सर्वोत्कृष्ट खेलाडी अवार्ड जितेका छन् ।
२७ वर्षे भान डाइन सन् २०१८ मा ७५ मिलियन पाउन्डमा लिभरपुल भित्रिएका थिए । गत सिजन लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउनमा भान डाइकको ठूलो भुमिका रहेको थियो । सिजन अवधिभर भान डाइनले २१ क्लिन सिट राख्न समेत मद्दत गरेका थिए । उनको प्रदर्शन स्वरुप उनले पिएफएको उत्कृष्ट खेलाडीको उपाधि जितेका थिए ।
सन् २०११ देखि सुरु भएको यस अवार्डमा रोनाल्डोले सबै सिजनको मनोनयनमा स्थान बनाउँदै ३ पटक उपाधि जितेका छन् । मेस्सीले भने सन् २०११ र २०१५ मा यस उपाधि जितेका थिए । गत सिजन रियल म्याड्रिडका लुका मोड्रीचले यो अवार्ड जितेका थिए ।
यसपटक मनोनयनमा परेका रोनाल्डो र मेस्सी दुवै लगातार दोस्रो सिजन उपाधिबाट बन्चित रहे ।
प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६