प्रतिनिधिसभाको चालु अधिवेशनले विवादित विधेयकहरुलाई एकपछि अर्को गर्दै पारित गर्न थालेको छ। दोस्रो र तेस्रो अधिवेशनमा विवादित बनेका कतिपय विधेयकसहित चालु चौथो अधिवेशनमा पेस भएका समेत १६ विधेयक प्रतिनिधिसभाको बैठकबाट पारित भइसकेका छन् भने बिहीबार बस्ने बैठकबाट थप दुई विधेयक पारित गर्ने तयारी छ।
पारित र पारित गर्न तयारीमा राखिएका विधेयकमध्ये केही अति विवादित छन्। तर सरकारको बलमा संसद्ले विवादित विधेयकलाई प्रक्रियामा अगाडि बढाएको छ।
संसद्मा आउने बेलामै विवादमा आएका विधेयकलाई विरोधका कारण सरकारले तत्काल अघि बढाउन सकेको छैन भने भिन्न दफामा घुसपैठ गराएर ल्याएका विषय यतिबेला विवादित रुपमा बाहिर आउन थालेका छन्। तर, संसद्ले यसलाई सजिलै पारित गर्दै आएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १२, २०७६