गाउँपालिका भवन नहुँदा चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम राय यादव मन्दिरमा बसेर गाउँपालिकाको कामकाज गर्दै आएका छन्।
भवन अभावमा मन्दिरको एकपट्टि अध्यक्ष र अर्कोपट्टि उपाध्यक्षको कोठा बनाइ कार्यालय संचालन गरिएको हो। बीचको कोठामा हनुमानको प्रतिमा रहेको छ। मन्दिरको बरण्डामै गाउँ कार्यपालिकाको बैठक, तालिम तथा गोष्ठीहरु समेत हुने गरेको छ।
गाउँपालिका संचालन गर्न कृषि सेडको भवन अपुग भएपछि अध्यक्ष र उपाध्यक्ष दुई वर्षदेखि मन्दिरमै बस्दै आएको गाउँपालिकाका निमित्त कार्यालय प्रमुख मुकेशकुमार पाठकले जानकारी दिएका छन्।
बजारको बीचमा रहेको कृषि सेडमा चारवटा स–सना कोठा रहेको अध्यक्ष यादवले बताए। चार कोठामा गाउँपालिकाको सम्पूर्ण कामकाज गर्न कठिनाइ भएपछि आफु मन्दिरमा गएर बस्न थालेको यादवको भनाइ छ। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: बुधबार, भदौ ११, २०७६