झिमरुक–५ ढाँडस्थित स्यालीघारी पक्की पुल चार वर्षपछि बन्ने आशा पलाएको छ । निर्माणस्थलमा दलदल भेटिएपछि निर्माण कार्य रोकिएको थियो ।
प्रदेश ५ का भौतिक पूर्वाधारमन्त्री, प्युठानका प्रदेश सभा सदस्य, स्थानीय सडक, पुल कार्यक्रमका प्रतिनिधि र निर्माण व्यवसायीबीचको छलफलमा पुनः स्टिमेट गरेर भए पनि काम अगाडि बढाउने सहमति भएको छ । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६