उपत्यकाका नाकामा दिनभर ढुंगा, गिटी र बालुवासँगै अन्य निर्माण सामग्रीले भरिएका टिपर थुप्रिन्छन्।
ललितपुरको चापागाउँ, काठमाडौंको कीर्तिपुर, थानकोट, बसपार्क, माछापोखरी, बौद्ध पेप्सिकोला र भक्तपुरको जगाती क्षेत्रमा टिपर लाइन लगाएर पार्किङ गरेको देखिन्छ। सरकारले एक वर्षअघि लागू गरेको ‘टाइम कार्ड’अनुसार बेलुकी ८ बजेपछि मात्रै रिङरोडमा टिपर प्रवेश पाउँछन्।
त्यतिन्जेलसम्म चालक टिपरभित्रै सुत्छन्। जब बेलुकी ८ बज्छ त्यसपछि टिपरले सडक तताउँछ। दिनभर बस्दा आलस्य मानेका चालक धुलो उडाउँदै बतासिन्छन्।
८ बजेपछि घर फर्कने यात्रु टिपर हुइँकिएको देख्दा किनारा लगाएर बाटो छाड्नुको विकल्प देख्दैनन्। एकैपटक पूरै सडक ढाकेर आउने टिपरले सडक कब्जा नै गर्छन्। आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६