कपन संयुक्त यातायातले नेपाल-भारतमैत्री बस सेवा क्रस बोर्डर मार्ग काठमाडौं-सिलिगुडी सेवा सुरु गरेको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीको उपस्थितिमा सोमबार बस सेवाको शुभारम्भ गरेका हुन्।
काठमाडौं-सिलिगुडी बस सेवा नेपाल भ्रमण वर्ष २०२० का लागि पनि सहयोगी हुने मन्त्री महासेठको भनाइ छ।
एकतर्फी यात्राको भाडा दर दुई हजार रुपैयाँ तोकिएको छ। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६