बैंकिङ कसुरमा अदालतको पक्राउ आदेशपछि तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री बर्खास्त भएपछि रिक्त मन्त्री पदका लागि नेकपाभित्र दौडधुप सुरु भएको छ।
तत्कालका लागि उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफैंले सम्हालिरहेका छन्।
खत्री बर्खास्त भएसँगै रिक्त भएको मन्त्री मन्त्री पद हात पार्न नेकपाका सांसदको दौडधुप सुरु भएको हो। कर्णालीमा एकल सरकार सञ्चालन गरिरहेको नेकपाभित्र मन्त्री बन्न पूर्वएमाले सांसदबीच रस्साकस्सी नै छ। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६