काठमाडौं: पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा आज मुद्दा दर्ता गरेकाे छ।
जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले मुद्दा दर्ता भएको बताए ।
अब अदालतमा सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस हुनेछ ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६