काठमाडौं: साेलुखुम्बुकी प्रतिभा (रानी) राईले मिस टिन २०१९ कोे उपाधि जितेकी छिन् । शनिबार आयोजना गरिएको प्रतिस्पर्धामा अन्य छ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतिभाले उपाधि जितेकी हुन् । फाइनल चरणमा रहेका सातमध्ये मोष्ट भ्यूज र मिस ट्यालेण्टको समेत उपाधि प्रतिभाले जितेकी आयोजकले जनाएको छ ।
मिस टिन अफ दि इयर २०१९ को ताज पहिरिनु आफ्नो सबैभन्दा ठूलो उपलब्धी भएको भन्दै आफूमा जिम्मेवारी थपिएको पनि महसुस गरेको विजेता राईले बताइन् ।
आफनो नामसगैँ ठाउँको नाम समेत उच्च बनाउने मेरो प्रयासमा केहि हदसम्म सफल भए जस्तो लागेको छ उनी भन्छिन् । समाज परिवर्तनमा युवाहरूको ठूलो हात रहने भन्दै आगामी दिनहरूमा सामाजीक क्रियाकलापमा सक्रिय रहने उनले बताइन् ।
साथै मोडलिङ क्षेत्रमा भविष्य छैन भनेर धेरैले आफनो प्रतिभा खुम्च्याएर बस्नुपरेको उनको भनाई छ । रहर मात्र भएर हुन्न आफूमा आत्मविश्वास हुनुपर्छ । मेहनत गर्न छाड्नभएन र साथमा धैर्यता चाहिन्छ , उनी भन्छिन् । आफनो मेहनत, आत्मविश्वास र धैर्यताको कारणले गर्दा नै आज आफूले मिस टिनको ताज हात पार्न सफल भएको उनले बताईन् ।
उनले मिसटिनको मात्र उपाधि जितेकी छैनन्, मोस्ट भ्यूज र मिस ट्यालेन्टको सबटाईटल समेत जितेकी छिन् । यो मेरो मात्र जीत होइन, सिंगो जिल्लाको जीत हो , उनी भन्छिन् ।
केटाको जस्तो स्वभाव भएकी उनी मिस टिनमा भाग लिनका लागि साथीबाट प्रभावित भएको बताउँछिन् । कराँते, भलिबल, नृत्य, गायनमा रुचि राख्ने उनी पहिलो पटक फेसनेवल शोमा भाग लिएको बताउँछिन् । अरु कुनैपनि प्रतियोगितामा भाग लिदा नर्भस नहुने प्रतिभा, पहिलो पटक क्यामराको अगाडि आफू लजाएको अनुभव सुनाउँछिन् । प्राय: स्पोर्ट सूज लगाउने म तीन ईन्चको हिल साथै हेभि मेकअपले एकदम असहज भएको थियो , उनी भन्छिन् । म गाउँमा हुँदा जिल्लामा फेसनेवल सो हुन्न थियो । त्यहि भएर पनि होला कि पहिला मोडलिङमा खासै मन गएन् । नृत्य प्रतियोगिताहरू हुन्थ्यो जसमा सहभागि भइन्थ्यो ।
यस क्षेत्रमा अघि बढ्नका लागि परिवारबाट समेत उनलाई हौसला मिलेको छ । मलाई बुबाआमा दुवैको राम्रो समर्थन छ । त्यहि भएर त अलि बढि आत्मविश्वास बढेको छ उनी भन्छिन् ।
रिवन ईन्टरटेनमेन्टले काठमाडौँको रसियन कल्चर सेन्टर कमलपोखरीमा आयोजना गरेको ‘मिस टिन अफ दि इयर’ २०१९ को सिजन ४ मा उनले अडिसन दिएकी हुन् । अहिले उनी काठमाडौँको कोटेश्वर स्थित ग्रामर कलेजमा विज्ञान विषयमा कक्षा १२ मा अध्ययनरत छिन् ।
उनीसँग गरिएकाे कुराकानी:
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६