काठमाडौं । आज देशको पश्चिमी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहने र मध्य तथा पूर्वी भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थान र मध्य र पूर्वका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले आज र भोलिका लागि गरेको मौसम पूर्वानुमान
भदौ ८ गते आइतबार
दिउँसोः देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली र मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थान र मध्य र पूर्वका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ । पश्चिमी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
रातिः देशभर सामान्य बदली रही पश्चिमका केही स्थान र मध्य र पूर्वी भूभागका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । पश्चिमी र मध्य भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
भदौ ९ गते सोमबार
दिउँसोः देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित वर्षा हुने छ । देशको मध्य तथा पूर्वी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
रातिः देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ । पश्चिमी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६