नेपालका प्रयोगशालामा गरिएको खाद्य गुणस्तर परीक्षण प्रमाणपत्रलाई भारतले मान्यता दिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा गरिएका परीक्षणलाई ‘अन्तर्राष्ट्रिय बेन्च मार्क’का आधारमा भारतले मान्यता दिएको हो।
नेपाल–भारत संयुक्त आयोगको पाँचाै बैठकमा यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
नेपालले लामो समयदेखि अन्तर्र्राष्ट्रियस्तरको प्रयोगशालाबाट खाद्य गुणस्तर परीक्षण प्रमाणपत्र दिइँदँ आएको भए पनि भारतले लिखित रूपमा मान्यता दिइएको थिएन।
यसले नेपाली कृषिजन्य उत्पादनलाई भारतीय बजारमा प्रवेश पाउन सहज भएको छ। यसअघि नेपालको गुणस्तर सर्टिफिकेटलाई मान्यता नदिएर विभिन्न बहानामा भारतले अदुवा, अलैंचीलगायत कृषिजन्य वस्तु निर्यातमा पटक–पटक अवरोध गर्दै आएको थियो। आजको राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६