इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन एस्टन भिल्लासँग स्तब्ध बनेको छ । शुक्रबार राति भएको खेलमा एभर्टन घरेलु टोलीसँग एस्टन भिल्लासँग २–० ले स्तब्ध बनेको हो ।
भिल्लाका खेलाडी वेस्लेले गोल गर्दै घरेलु टोलीलाई २१ औ मिनेटमा अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा अनवर एल घाजीले गोल गर्दै भिल्लाको २-० को जित सुनिश्चित गरे ।
जितसँगै भिल्लाले तीन खेलबाट ३ अंक जोडेको छ । भिल्ला ११ औ स्थानमा छ । प्रिमियर लिगमा पहिलो हार बेहोरेको एभर्टन ४ अंक जोडेर नवौं स्थानमा छ ।
प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६