काठमाडाैं । आज देशको पूर्वी भागमा सामान्य बदली साथै मध्य तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भागका केही स्थानका साथै पश्चिम र मध्यका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
भदाै ६ गते शुक्रबार
दिउँसो: देशको पूर्वी भूभागमा सामान्य बदली साथै मध्य तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भूभागका केही स्थानका साथै पश्चिम र मध्यका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ ।
राति: देशका धेरैजसो स्थानमा सामान्यदेखि पुर्ण बदली रही मध्य तथा पूर्वका केही स्थानका साथै पश्चिमका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ। मध्य तथा पूर्वी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ |
भदाै ७ गते शनिबार
दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको मध्य तथा पूर्वी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ | देशका पूर्वी तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।
राति: देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ | देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
भदाै ८ गते आइतबार
दिउँसो: देशको पश्चिमी भू-भागमा सामान्यदेखि पुर्ण बदली र मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थान र मध्य र पूर्वका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ। पश्चिमी भूभागका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना छ |
राति: देशभर सामान्य बदली रही पश्चिमका केही स्थान र मध्य र पूर्वी भू-भागका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ | पश्चिमी र मध्य भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ |
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६