रवि लामिछानेकी श्रीमती निकिता पौडेलले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइराला र भिडियो लिग गरेको अभियोगमा चितवनका एसपी दानबहादुर मल्लविरुद्ध दिन खोजेको जाहेरी प्रहरीले अस्वीकार गरेको छ ।
यो मुद्दा आफ्नो क्षेत्राधिकारभन्दा बाहिरको भएकाे र यो घटना चितवन प्रहरीले हेरिरहेकाले काठमाण्डौ प्रहरीले हेर्न नमिल्ने भन्दै जाहेरी नलिएको परिसरका एसपी अशोक सिंहले बताए ।
निकिता प्रहरीले अनुसन्धान गरिरहेको शालिकराम आत्महत्या प्रकरणको भिडियो किर्ते बनाएर सार्वजनिक गरेको भन्दै मुलिकी अपराध संहिता २०७४ को दफा २७६ र २७७ अनुसार उजुरी दिन काठमाडौं प्रहरीमा पुगेकी थिइन् ।
जाहेरी दर्ता लिन नमानेपछि निकिता पौडेलले काठमाण्डौ प्रहरीप्रति असन्तुष्टि पोखिन् । यही घटनामा मृतक पुडासैनीकी श्रीमती सम्झना पुडासैनीले दिएको उजुरी चाहिँ क्षेत्राधिकारभित्र पर्ने तर आफूले दिन खोज्दा चाहिँ त्यो क्षेत्राधिकारभन्दा बाहिर कसरी भयो भन्दै असन्तुष्टी पोखिन् ।
प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६