सोलुखुम्बु: सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले बाहिरबाट आउने तरकारी खरिदबिक्रीमा प्रतिवन्ध लगाएकाे छ । स्थानीय स्तरमा उत्पादित तरकारीले बजार नपाएको अवस्थामा गाउँपालिका तथा विभिन्न साझेदारी संस्थाहरू मिलेर यस्तो निर्णय गरेकोे गाउँपालिका अध्यक्ष सागर किराँतीले बताएका छन् ।
गाउँपालिका भित्रका कृषकलाई प्रोत्साहन गर्नका लागि बाहिरी तराकारीमा कडाइ गरिएको गाउँपालिका अध्यक्षकाे भनाई छ । यस विषयमा जि फाउन्डेसन तथा साझेदारी संघसंस्थासंग सहकार्य भइरहेको गाउँपालिका अध्यक्ष सागर किराँतीले बताए ।
कृषिका माध्यामबाट गाउँपालिकालाई समृद्ध बनानका लागि पनि बाहिरबाट आयातित तराकारीमा रोक लगाउँदै उत्पादनलाई बढाउनुपर्ने उनको भनाई छ । गाउँलाई अर्गानिक बनाउनका लागि आफूहरू लागि परेकले बाहिरबाट आउने तरकारीहरूमा प्रतिवन्ध लगाउने भएको हाे ।
प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६