काठमाडाैं । आज देशका अधिकांश स्थानमा सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने जता माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार देशको पूर्वी र पश्चिमी पहाडी भू-भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ |
आगामी तीन दिनकाे माेसम पूर्वानुमान
भदाै ४ गते बुधबार
दिउँसो: देशका अधिकांश स्थानमा सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ। देशको पूर्वी र पश्चिमी पहाडी भू-भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ |
राति: देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ। देशको पूर्वी तथा मध्य पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना छ |
भदाै ५ गते बिहीबार
दिउँसो: देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वी तथा पश्चिमी पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ |
राति: देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको मध्य पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ |
भदाै ६ गते शुक्रबार
दिउँसो: देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति: देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ |
प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६