चरिकोट । दोलखा सदरमुकाम चरिकोट चरिघ्याङस्थित पानारोमा रिसोर्टनजिकै गम्भीर अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ ।
भीमेश्वर नगरपालिका–४ का २० वर्षीय पवन बस्नेतलाई गम्भीर अवस्थामा प्रहरीले फेला पारी उपचारार्थ चरिकोट प्रस्तापित अस्पतालमा पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला कार्यालय दोलखाले जनाएको छ ।
बस्नेतलाई दुई/तीन जनाको समूहले नाङ्गेझार पारी सडक छेउबाट करिब एक किलोमिटर टाढा लगी हतियारले प्रहार गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।
रिसोर्टमा बास बस्ने विदेशी नागरिकले हल्लाखल्ला सुनेको शनिबार होटलवालालाई सुनाएपछि प्रहरीलाई होटलवालाले खबर गरेको प्रहरीले बताएको छ । सडकको छेउमा एउटा जुत्ता र सर्ट भेटिएको र रिसोर्ट किचेन छेउको बाथरुमको बाहिरी भित्तामा रगतको आहाल रहेको प्रहरीले जनाएको छ ।
मृतक बोलेरो चालक हुन् । अनुसन्धानका लागि उनका साथीलाई प्रहरीले गिरफ्तार गरेको बताएको छ । उनको शव चरिकोटस्थित शवगृहमा राखिएको छ । रासस
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६