काठमाडाैं । जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका धेरैजसो स्थानमा सामान्यतया बदली रहने छ । महाशाखाका अनुसार देशका पश्चिमी क्षेत्रका अधिकांश स्थान र पूर्वी र मध्य क्षेत्रका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने र पश्चिमी तथा पूर्वी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ |
आज र भाेलिकाे माैसम पूर्वानुमान
भदाै १ गते आइतबार
दिउँसो: देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही देशका पश्चिमी क्षेत्रका अधिकांश स्थान र पूर्वी र मध्य क्षेत्रका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ । देशको पश्चिमी तथा पूर्वी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ |
राति: देशका अधिकांश स्थानमा सामान्यतया बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ। देशको पहाडी भूभागको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
भदाै २ गते सोमबार
दिउँसो: देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही देशका पूर्वी क्षेत्रका अधिकांश स्थानमा तथा मध्य र पश्चीमी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी तथा मध्य भूभागको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ |
राति: देशका अधिकांस स्थानमा सामान्यतया बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पहाडी भूभागको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
देशको केही स्थानमा मेघगर्जनसहितको वर्षा हुने सम्भावना रहेकाले चट्याङबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाकाे अनुराेध छ । देशको पश्चिमी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना भएकाले चुरेबाट बहने नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेले सतर्कता अपनाउन पनि अनुराेध गरेकाे छ ।
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६