काठमाडौं: वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको छ । निमोनियाको कारण डल्लुस्थित आफ्नै घरमा शनिबार निधन भएको हो ।
करिब चार दशकदेखि कलाकारितामा सक्रिय अधिकारीले सयौंको संख्यामा चलचित्रमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेका चलचित्रमा चिनो, कन्यादान, भाउजु लगायते चर्चित छन् । उनले नाटक गीतिनाटक, टेलिफिल्म र भिडियो फिल्ममा पनि काम गरेकी छन् ।
उनका एक छोरा र एक छोरी छन् ।
प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६