नवलपरासी पूर्वदेवचुली नगरपालिका–९ ले मारुनी नाच संरक्षणका लागि विभिन्न सामग्री वितरण गरेको छ । मगर समुदायमा प्रचलित मारुनी नाच संरक्षणका लागि वाद्यवादनका सामग्री र पोशाक प्रदान गरिएको छ ।
मादल, मुजुरा, खैजरीलगायत सामग्री वितरण गरिएको वडाध्यक्ष मेखबहादुर सारुले बताए ।
मगर समुदायमा प्रचलित मारुनी नाच पछिल्लो समय लोप हुँदै गएको छ । “संरक्षण र प्रर्वद्धनका लागि वाद्यवादन सामग्री र पोशाक वितरण गरेका हौँ”, उनले भने।
मगर समुदायको परम्परागत संस्कृतीको बारेमा पछिल्लो पुस्ताले थाहा नपाउँदा संस्कृति लोप हुने अवस्थामा पुगेको छ ।
प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६