हेटौंडा । हेटौंडामा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
काठमाडौँबाट रौतहटतर्फ जाँदै गरेको ना ५ ख २२३३ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा दुर्घटना भएको हो ।
बस अनियन्त्रित भई पल्टिएर बिजुलीको खम्बामा ठोक्किँदा सर्लाहीको रामनगर बोरहवाका ५८ वर्षीय मुकेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको चितवन र मकवानपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६