सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी बम पड्काइएको भन्ने कुरा हल्ला मात्र भएको प्रहरीले जनाएको छ ।
पचालझरना गाउँपालिकाको विशेष गाउँसभालाई सम्बोधन गर्न बुधबार त्यहाँ पुगेका मुख्यमन्त्री शाहीलाई लक्षित गरेर नेत्रविक्रम चन्द समूहले बम पड्कायो भन्ने कुराको अफवाह मात्र भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।
“बम पड्केको हामीले थाहा नै पाएनौं,” शर्माले भने, “खै कसले बम पड्केको कुरा गर्यो, उनैले जानुन् ।”
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले मन्त्री शाही शान्तिपूर्ण तवरबाट कार्यक्रम सकेर फर्किएको र बिहीबार रास्कोट नगरपालिकाको नमुना विद्यालय उद्घाटन गर्ने कार्यतालिका रहेको जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६