काठमाडाैं । जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा सामान्य बदली रहने र पश्चिमका केही स्थान साथै मध्य तथा पूर्वी पहाडमा वर्षा हुने जननाएकाे छ भने देशको पश्चिमी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
महाशाखाले गरेकाेआगामी तीन दिनको मौसम पूर्वानुमान यस्ताे छ ।
साउन ३० गते बिहीबार
दिउँसो: देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थान तथा मध्य तथा पूर्वका पहाडी भूभागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ। देशको पश्चिमी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति: देशका धेरैजसो स्थानमा सामान्यतया बदली देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ। देशको पश्चिमी तथा मध्य भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
साउन ३१ गते शुक्रबार
दिउँसो: देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ।
राति: देशभर सामान्यतया बदली रही पश्चिमका केही स्थानमा साथै पूर्व तथा मध्यका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ।
साउन ३२ गते शनिबार
दिउँसो: देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वका पहाडी भूभागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ।देशको मध्य भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति: देशका धेरैजसो स्थानमा सामान्यतया बदली देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ। देशको पश्चिमी पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
देशको केही स्थानमा मेघगर्जनसहितको वर्षा हुने सम्भावना रहेकाले चट्याङबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाकाे अनुराेध छ । देशको पश्चिमी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना भएकाले चुरेबाट बहने नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेले सतर्कता अपनाउन पनि अनुराेध गरेकाे छ ।
प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६