कालीकोट: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गर्दै आज (बुधबार) कालीकोटमा बम विष्फोट गराइएको छ ।
मुख्यमन्त्री शाही सहभागी भएको कार्यक्रमस्थल नजिकै विष्फोट गराइएको जनाइएको छ । बुधबार मुख्यमन्त्री शाही पचालझरना गाउँपालिका–३ खिग्ममा कार्यक्रम सहभागी भइरहेका बेला कार्यक्रमस्थल नजिकै विष्फोट गराइएको हो ।
सुर्खेतबाट स्थलमार्ग हुँदै कालिकोट पुगेका शाही कार्यक्रममा सहभागी भइरहेका बेला कार्यक्रमस्थल नजिकै विष्फोट भएको हो ।
बमले कुनै क्षति नगरेको र उक्त बम नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले विस्फोट गराएको हुन सक्ने कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी पूर्णचन्द्र जोशीले जानकारी दिए ।
कालिकोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माको गृह जिल्ला हो । विष्फोट भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६