काठमाडौंः काठमाडौंको मध्य बानेश्वरमा रहेको डाइनिङ पार्क रेष्टुरेण्टले इटालियन खानाका नयाँ परिकारहरू आफ्नो मेनुमा सूरु गरेको छ । बुधबार रेष्टुरेण्टमा प्रेस मिटको आयोजना गरि इटालियन खानाका नयाँ नौवटा परिकारहरू व्यवसायिक रुपमा सुरू गरेको जानकारी दिएको छ । खानाका पारखीहरूका लागि छोटो समय मै परिचित भएको डाइनिङ पार्कले नयाँ व्यवस्थापन पछि अन्तराष्ट्रियस्तरका खानाका परिकार एकपछि अर्को सार्वजानिक गरिरहेको र जसलाई ग्राहकहरूले औधि मन पराइरहेको प्रवन्ध निर्देशक राजन श्रेष्ठले त्यस अवसरमा जानकारी दिए ।
हयात रयाडिसन लगायतका विभिन्न पाँचतारे होटलमा लामो अनुभव हासिल गरेका राजन श्रेष्ठले पछिल्लो केहि महिनादेखि यस रेष्टुरेण्टको व्यवस्थापन सम्हालिरहेका छन् । यसअघि पनि स्वदेशी तथा विदेशी खानाका परिकारहरू खान पाइने यो रेष्टुरेण्टमा अब विभिन्न अन्र्तराष्ट्रिय ब्रान्डहरूसँग साझेदारी गरि व्यवसायिक खानाहरू उपलब्ध गराउन लागिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
बुधबार इटालियन खानाका नयाँ ९ वटा परिकार सार्वजनिक गर्दै अब उपरान्त पाहुनाहरूलाई ति खाना उपलब्ध हुने प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिएका छन् । बुधबार डाइनिङ पार्कले व्यसायिक सेफ मार्फत वुड फाइर्ड पिज्जासँगै ल्याम्व ग्रील्ड, ल्याम्व लागाग्ना, ल्याम्व ओसोवुको, स्पागेटी सहित ९ वटा इटालियन खानाहरू छन् ।
खानाका परिकार सार्वजनिक गर्दै रेष्टुरेण्टका सेफले इटालियन खानाहरू संसारमै लोकप्रिय भएजस्तै नेपालमामा लोकप्रिय भइरहेको बताएका छन् । उनका अनुसार डाइनिङ पार्कले व्यवसायिक रुपमै इटालियन खानाहरू पाहुनाहरूलाई पस्कनेछ । पाँचतारे होटल कै गुणस्तरमा निर्माण गरिने ति इटालियन खानाको मुल्य भने पाँचतारेको भन्दा कम्तीमा ५० प्रतिशत कम हुने जनाइएको छ । त्यस अवसरमा इटालियन खानाका राम्रा पक्षका बारेमा जानकारी गराइएको थियो । वास्तवमा इटालियन खाना प्राचिन समयदेखि नै संसारभर चर्चित रहेको छ ।
बुधबारबाट व्यवसायिक रुपमा सुरू गरिएका ति इटालियन खानाहरू अबदेखि डाइनिङ पार्कमा पाहुनाहरूको अनुरोधमा सधै उपलब्ध गराइनेछ । पूर्ण पारिवारिक वातावरणसहित राजधानीको केन्द्र भागमा मध्य बानेश्वरमा रहेको यो रेष्टुरेण्ट भित्र वेन्क्वीट हल, मिटिङ सेमिनार हल लगायत बार समेतको सुविधा रहेको छ ।
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६