फ्रान्सको नक्कली राहदानी प्रयोग गरी नेपाल आएका दुई इरानी नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेको छ। विभागले राहदानी नक्कली हो कि सक्कली भनी छुट्याउन नसक्दा उनीहरु नेपाल घुमेर भारत पुगे। भारतमै उनीहरुको राहदानी नक्कली भएको खुलेको हो।
अध्यागमन विभाग स्रोतका अनुसार भारतीय अध्यागमनले उनीहरुले प्रयोग गरेको राहदानी नक्कली भएको पाएपछि नेपाल नै फिर्ता गरेको थियो।
त्यसपछि उनीहरुलाई नेपालको अध्यागमन विभागले पक्राउ गरी बुधबार डिपोर्ट गर्ने तयारी गरेको छ। पक्राउ परेका मध्ये जेन क्लाउडटोलिङ ३९०४३९२९२ र अरोनपेरर्टस १४सीपी १३६७४ नम्बरको नक्कली राहदानी प्रयोग गरी फ्रान्स जान लागेका थिए।
जुलाई ३१ मा नेपाल आएका उनीहरुलाई अध्यागमन विभागले ३० दिनको पर्यटन भिसा जारी गरेको थियो। तर उनीहरु नेपाल आएको ६ दिनमै अगस्ट ६ मा भारत गएका थिए। भारत पुगेपछि त्यहाँको अध्यागमनले उनीहरुको राहदानी चेक गर्ने बेलामा नक्कली पाएको थियो। आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६