काठमाडौं: नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेकाे भिसा दिन अमेरिकाले अस्वीकार गरेको छ । सन्दीपले क्यारेबियन प्रिमियर लिग (सिपिएल) का लागि मंगलबार बिहान अमेरिकाको लागि भिसा आवेदन दिएपनि दूतावासले अस्वीकार गरेको सन्दीपले सामाजिक सन्जाल ट्वीटमा ट्वीट गरेका छन् ।
‘म आज सिपिएलको लागि अमेरिकी राजदुतावास पुगेको थिए । राष्ट्रिय क्रिकेट खेलाडीको हैसियतले मैले २०१६ देखि विभिन्न देशका लिगहरु खेलिसकेको छु । तर, आज अमेरिकी दुतावासबाट मेरो भिसा रिजेक्ट हुँदा ठुलो आश्चर्यमा परेको छु ।’ सन्दीपले पिएम नेपाल र रअमेरिकी राजदुतावासको ट्वीट ह्यान्डललाई मेन्सन गर्दै ट्वीट गरेका छन् ।
सन्दीले सिपिएल टोली बिआइएम ट्रिडेन्टसमा आबद्ध छन् । आफूले आवक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको सन्दीपको गुनासो छ ।
प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६