कतार: वैदेशिक रोजगारीका क्रममा बिगत १३ वर्षदेखि यहाँ कार्यरत रहेका सागुरीगढी गाउँपालिका–३ धनकुटाका ललितबहादुर लिम्बुको आइतबार दिउँसो पौडी खेल्ने क्रममा समुद्रको छालमा परी निधन भएको छ ।
लिम्बु कतारमा धनकुटा सेवा समाजको पूर्वअध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकारलगायत विभिन्न सामाजिक संस्थामा संलग्न थिए । उनको निधनले नेपाली समुदायमा क्षति पुगेको भन्दै धनकुटा समाजका महासचिव रवीनमगरद्वारा जारी शोक वक्तव्यमा चाँडै नै शव नेपाल पठाउन दूतावाससँग समन्वय भइरहेको जानकारी दिँदै दुख व्यक्त गरे ।
प्रकाशित मिति: सोमबार, साउन २७, २०७६