बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम बिस्फोट भएको छ ।
गरामनी बजारमा छेउमा रहेको बिर्तामोड नगरपालिका वडा नम्बर ७,८ र ९ को संयुक्त वडा कार्यालयमा सोमबार बिहान साढे ४ बजे बम बिस्फोट भएको जिल्ला प्रहरी झापाका प्रहरी प्रवक्ता डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
अज्ञात समूहले बम विष्फोट गराएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार बिहान साढे ४ बजेतिर भएको विस्फोटबाट कार्यालयका छ वटा झ्याल, वाल र भित्र रहेका फर्निचरमा क्षति भएको छ ।
ठूलो आवाजसहितको विष्फोटले उक्त भवनको वालसमेत फुटेको डिएसपी श्रेष्ठले जानकारी दिए ।
बिस्फोट भएलगत्तै घट्नास्थलमा प्रहरी पुगेको र अनुसन्धान सुरु गरेको जनाइएको छ । बिस्फोट गराइएको बमका बारेमा घटनास्थलमा नै पुगेर जिल्ला प्रहरी प्रमुख दिनेशराज मैनालीले अनुसन्धान सुरु गरेका छन् । उनले विष्फोट विप्लव माओवादी समूहले गराएको हुन सकने आशंका व्यक्त गरेका छन् ।
वडा कार्यालयमा नै बम विष्फोट भएपछि जिल्लाभरको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी प्रमुख मैनालीले जानकारी दिए । घटनास्थलमा नेपाली सेनाको टोलीसमेत पुगेको बताइएको छ । विस्फाेटबा६ कुनै मानवीय क्षति भने नभएकाे परहरीले जनाएकाे छ ।
प्रकाशित मिति: सोमबार, साउन २७, २०७६