काठमाडौंः उप्रेती समाजसेवा समितिको पाँचौं साधारणसभा शनिवार सम्पन्न भएको छ । सो साधारण सभाले मोहनकृष्ण उप्रेतीलाई अध्यक्षमा चयन गरेको छ ।
नेपाल र विदेशमा रहेका उप्रेतीहरूको साझा संस्थाका रुपमा रहेको उप्रेती समाजसेवा समितिको शनिवारको साधारण सभाले मोहनकृष्णको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । ११ सदस्यीय कार्यसमिति चयन गर्नु अघि देश विदेशबाट सो साधारणसभामा सहभागि हुन आइपुगेका सदस्यहरूबाट ३५ सदस्यीय स्टेरिङ्ग कमिटि गठन गरिएको थियो ।
जसबाट ११ सदस्यीय कार्यसमिति चयन गरिएको नव निर्वाचित सदस्य नवराज उप्रेतीले बताए । बानेश्वर निवासी नवराज उप्रेतीले देशको विकासका लागि उप्रेती समाजमार्पmत छरिएको पुँजी, सीप र ज्ञानलाई एकिकृत गरी अगाडि बढ्ने लक्ष्यका साथ यो समाज बनेको बताए, ‘देश बाहिर रहेकाहरू पनि यो समाज बनेपछि एकिकृत भएर देशका लागि केहि गर्न एकताबद्ध भएका छन् । यसले नयाँ सन्देश दिएको हामीले बुझेका छौं,’ उप्रेतीले भने ।
सो साधारण सभाले लक्ष्मणप्रसाद उप्रेतीलाई महासचिवमा चयन गरेको थियो । साधारण सभाले वार्षिक कार्यक्रम समेत पास गरेको थियो । यस अघि भएको गतिविधिको समिक्षा समेत गरिएको नवराजले बताए ।
प्रकाशित मिति: आइतबार, साउन २६, २०७६