दाङमा हुने उप–निर्वाचनका लागि ३४ मतदानस्थल तय गरिएको छ । दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ र घोराही उप–महानगरपालिका–१६ मा उप–निर्वाचन हुने भएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार घोराही उप–महानगरपालिका–१६ मा दुई मतदानस्थल रहनेछन् । त्यस्तै दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ मा ३२ मतदानस्थल रहने छन् । तुलसीपुर उप–महानगरपालिकाको वडा नं। १, २, १० र ११ मा ५ वटा, बबई गाउँपालिाकामा १०, दङ्गीशरण गाउँपालिकामा ८ तथा शान्तिनगर गाउँपालिमा नौ मतदानस्थल रहने निर्वाचन कार्यालयका निमित्त प्रमुख पदमप्रसाद रेग्मीले जानकारी दिए ।
प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको सवारी दुर्घटनामा मृत्यु भएको थियो भने वडा नं १६ का अध्यक्ष लक्षिन बुढामगरको जन्डिसका कारण मृत्यु भएको थियो । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते उप–निर्वाचनको मिति तय गरेको छ ।
दाङमा डेढ वर्षयता १७ हजार २१० मतदाता थपिएका छन् । विसं २०७४ मङ्सिरमा भएको सङ्घीय र प्रदेशको निर्वाचनमा तीन लाख ४५ हजार ६३३ मतदाता थिए । हाल तीन लाख ६२ हजार ९४२ मतदाता पुगेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन २५, २०७६