पूर्वराज वीरेन्द्र र उनको परिवारको नाममा रहेको २१ हजार ५६३ रापनी जग्गा नेपाल ट्रस्टमा आएको छ । काठमाडौंको चार हजार चार सय ३८ रोपनी ९ आना र धादिङको १५ हजार १०१ रोपनी ११ आना २ पैसा १ दाम ट्रस्टको नाममा आएको हो ।
भक्तपुर, ललितपुर, नुवाकोट, धनकुटा, मकवानपुर, काभ्रे, सुर्खेत, कास्की, चितवन, सिन्धुपाल्चोकमा पूर्वराजा वीरेन्द्र, तत्कालीन रानी ऐश्वर्य, युवराज दीपेन्द र अधिराजकुमार निराजनका नामा रहेको जग्गाको स्वामित्व ट्रस्टको नामा ल्याइएको छ । ट्रस्टमा ल्याएको जग्गा व्यवस्थापन हुन भनेको सकेको छैन । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: शनिबार, साउन २५, २०७६