हेटौंडा। प्रदेश नं ३ को प्रदेशसभा सचिवालयले पत्रकारका लागि मिडिया सेन्टरको स्थापना गर्ने भएको छ । प्रदेशसभा बैठकबाट समाचार सम्प्रेषण सहज होस् भन्नका लागि व्यवस्थित मिडिया सेन्टर स्थापना गर्न लागिएको जनाइएको छ ।
मिडिया सेन्टर नहुँदा पत्रकारले प्रदेशसभाको पछाडिपट्टि बसेर भिडियो, अडियोसमेत लिन नपाई रिपोर्टिङ गर्नुपर्ने बाध्यता भोग्दै आएका छन् । सञ्चारकर्मीलाई सरल र सहजरूपमा रिपोर्टिङ गर्न मिल्ने गरी मिडिया सेन्टरको स्थापना गर्न लागिएको प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले जानकारी दि] ।
मिडिया सेन्टर स्थापनाका लागि संसद् सचिवालयले चालू आर्थिक वर्षमा रु २० लाख छुट्याएको छ । यो रकमबाट सुविधासम्पन्न मिडिया सेन्टर स्थापना गर्ने जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६