काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा औसतभन्दा उत्तर नेपालतर्फ सरेको छ । साथै पूर्वी र मध्य नेपालमा डिप डिप्रेसनको पनि असरदेखिएकाले केही स्थानमा वर्षा हुने सम्भावना छ ।
मनसुनको न्यूनचापीय रेखाको औसत स्थान भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म हुन्छ ।
हाल देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भूभागका थोरै स्थानमा र पश्चिमका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । देशको पूर्वी भूभागका केही स्थानमा मेघगर्जन गराउने बादल सक्रिय छ ।
मौसम विभागले आगामी तीन दिनका लागि गरेको मौसमी अनुमान
बिहीबार दिउँसोः देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिम र मध्यका केही स्थानमा र पूर्वका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाका सम्भावना छ ।
रातिः देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ । पश्चिमी भूभागका एक–दुई स्थानमा मेघगर्जनसहित भारी वर्षा हुनसक्छ ।
शुक्रबार दिउँसोः देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ ।
रातिः देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ ।
शनिबार दिउँसोः देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
रातिः देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थान तथा पूर्वी र मध्यका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ ।
देशका केही स्थानमा मेघगर्जनसहितको वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ । पश्चिम नेपालका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सडक यातायातमा पहिरोका कारण अवरोध आउन सक्ने भन्दै यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६