काठमाडौं : मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सरेकाले नेपालमा मनसुनी हावापानी सक्रिय भएर वर्षा हुने क्रम जारी छ ।
हाल देशको पूर्वका पहाडी भूभाग, मध्य तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको र पूर्वी तराईमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
साउन २१ गते मंगलबार
दिउँसोः देशको पश्चिमी भूभागमा सामान्य बदली साथै पूर्वी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिमी पहाडको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
रातिः देशभर सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । साथै पूर्वी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
साउन २२ गते बुधबार
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
रातिः देशभर सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ ।
साउन २३ गते बिहीबार
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ ।
रातिः देशभर सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ ।
प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६