काठमाडौँ – प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी सोमबार परम्पराअनुसार पूजाअर्चना गरी मनाइँएकाे छ । प्रत्येक वर्ष साउन शुक्लपञ्चमीका दिन नागपोखरीमा नागको पूजा गर्न काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट भक्तजनको भीड लाग्ने गर्दछ ।
नागपोखरीमा वडा कार्यालय, नक्साल बक्सिङ क्लबलगायतको आयोजनामा धार्मिक अनुष्ठान, पूजा गरिएको छ । पोखरीमा तीन वटा डुङ्गा सञ्चालन गरिएको छ भने सर्वसाधारणले डुङ्गा सयर गरी मध्य भागमा रहेको नागको प्रतिमामा दर्शन गरेका छन् ।
यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
आज नाग पोखरीमा भएकाे नागपञ्चमीकाे फोटोहरू यस्तव छ:
प्रकाशित मिति: सोमबार, साउन २०, २०७६