संसद बैठक र समिति बैठकमा उपस्थित नहुने हो भने त्यसको जानकारी दिनुपर्ने व्यवस्था छ ।
संसदको बैठकमा लगातार दश दिन र समितिको बैठकमा लगातार पाँच दिन उपस्थित नहुनेलाई कारबाहीको व्यवस्था भएपनि अहिलेसम्म कसैलाई कारबाही भएको छैन ।
संसदको बैठकमा अनुपस्थित भएमा त्यसको जानकारी सभामुखलाई र समितिको बैठकमा अनुपस्थित भएमा त्यसको जानकारी समिति सभापतिलाई दिनुपर्छ । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: सोमबार, साउन २०, २०७६