केन्द्रीय चलचित्र जाँच समिति (फिल्म सेन्सर बोर्ड) मा रहेका पदाधिकारीलाई अब फिल्म सेन्सर गर्दा अतिरिक्त भत्ता दिने पक्षमा आफूहरु नरहेको निर्माता संघले जनाएको छ ।
चलचित्र ऐन २०७६ को विधेयकमाथि छलफलका क्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले सेन्सरको नाममा आफूहरु दोहोरो मारमा परेको बताएका छन् ।
आफूहरुले चलचित्र जाँच पासको लागि सरकारलाई राजश्व तिरेर पनि फेरि चलचित्र जाँच गर्ने पदाधिकारीलाई अतिरिक्त पारिश्रमिक र भत्ता दिनुपरेकाले निर्माताहरु दोहोरो करमा परेको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, साउन १९, २०७६