मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग भन्दा दक्षिण तिर अवस्थित छ र नेपाल तर्फ सर्दैछ | हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ | साथै पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा भइरहेकाे माैसम अनुमान महाशाखाले जनाएकाे छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाहुने संभावना छ।
राती देशभर आंशिक देखि सामान्य बदली रही देशको मध्य र पुर्वका केही स्थानहरुमा तथा पश्चिमि भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ । पूर्व र मध्य पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति: आइतबार, साउन १९, २०७६