ललितपुरको नख्खु कारागारमा दुईजना कैदबीच कुटाकुट भएको छ । शुक्रबार दिउँसो दुई कैदीबीचको विवादले उग्ररुप लिएपछि भएको कुटाकुटमा जग्गा मुद्दामा सजाय काटिरहेका पूर्णबहादुर राजीको ज्यान गएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिए।
जीमाथि ज्यान मार्ने उद्योगमा कैद जीवन भुक्तान गरिरहेका कैदी ५० वर्षीय पवन कुमार महतोले टाउकोमा प्रहार गरेका थिए । आक्रमणबाट गम्भीर घाइते भएका उनलाई वीर अस्पतालमा ल्याइएकाे थियो । अस्पताल पुर्याउने वित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६