ललितपुरः एसिया विकास प्रतिष्ठानले नेपालको त्रिभुवन विश्वविद्यालय अन्तरगतका ४ क्याम्पसका ३२ विद्यार्थीलाई वार्षिक रुपमा छात्रबृत्ति उपलब्ध गराउने भएको छ ।
सन्. २०१६ मा कोरियाको सियोलमा स्थापना भएको यस प्रतिष्ठानले काठमाडौंमा विभिन्न ४ वटा क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तरगतका चार क्याम्पसहरू क्रमशः इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्यापस, नेपाल ल क्याम्पस, महेन्द्ररत्न क्याम्पस ताहाचल र त्रिचन्द्र वहुमुखी क्यापसमा अध्ययन गर्ने विद्यार्थीहरूले सो प्रतिष्ठानबाट वार्षिक रुपमा छात्रबृति प्राप्त गर्ने भएका हुन् ।
छात्रबृत्ति सम्बान्धी सम्झौतापत्रमा एसिया विकास प्रतिष्ठानका तर्फबाट कार्यकारी निर्देशक प्राध्यापक डा. नामछुल छोले हस्ताक्षर गरेका थिए भने र नेपालका ४ वटा क्याम्पसका तर्फबाट क्रमसः नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख डाक्टर डि एन पराजुली, इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्राध्यपक रामचन्द्र सापकोटा, त्रिचन्द्र वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डाक्टर प्रदिप बहादुर न्यौपाने र महेन्द्ररत्न क्याम्पस ताहाचलका प्रमुख कृष्णप्रसाद ढकालले हस्तक्षर गरेका छन् ।
सम्झौता अनुसार आगामी शैक्षिक सत्रबाट उल्लेखित क्याम्पसमा अध्ययनरत स्नातक तहका ८/८ जनाले वार्षिक ५ सय अमेरिकि डलर बराबरको छात्रबृत्ति प्राप्त गर्नेछन् । जस अन्तरगत समग्र विद्यार्थीबाट क्याम्पसले सूरुमा १२ जना विद्याार्थीको छोटो सुचि निकाल्नेछन् भने ति १२ मध्येबाट अन्तरवार्ताका आधारमा ८ जना विद्यार्थीलाई छात्रबृत्तिका लागि छनौट गरिनेछ ।
इन्जिनियिरिङ अध्ययन संस्थान पुल्चोकको सभा हलमा भएको कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशकले यो नेपालमा पहिलो सम्झौता भएको बताउँदै आगामी दिनमा सहयोगको आदानप्रदान बृद्धि हुने विश्वास व्यक्त गरे ।
नेपाल र कोरियाबीच लामो समयदेखि मैत्रिपूर्ण सम्बन्ध कायम रहेको जनाउदै उनले आगामी दिनमा सांस्कृतिक आदान प्रदान र शिक्षा बृद्धि सम्बन्धमा महत्वपूर्ण काम हुने अपेक्षा पनि गरे । त्यस अवसरमा नेपालका प्राध्यापकहरुले पनि छात्रबृत्ति कार्यक्रमले विश्वासको वातावरण बनेको बताउँदै आगमी दिनमा एसिया विकास प्रतिष्ठानसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताए ।
एसिया विकास प्रतिष्ठानले यसअघि यस्तै छात्रबृत्ति कार्यक्रम भियतनाम र कम्वोडियामा पनि सञ्चालन गरिसकेको छ । एसियाको उज्वल भविस्यको कामना सहित स्थापित यस प्रतिष्ठानले ‘एसिया सँगसँगै’ भन्ने नारा सहित सांस्कृतिक आदान प्रदानसहित विभिन्न साझेदारी कार्यक्रम अघि बढाउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६