सरकारले कैलालीको अत्तरियामा रहेको तरकारी तथा फलफूलको विषादी जाँच गर्नका लागि पठाएका कर्मचारी अहिलेसम्म पुगेका छैनन्।
एकजना प्राविधिक पठाएको पत्र पुगेको हप्ता दिन भइसक्दा कर्मचारी भने नपुगेका विषादी अवशेष द्रुत विश्लेषण इकाइ अत्तरियाका प्राविधिक अधिकृत जितबहादुर थापाले बताए।
‘सरकारले एक जना प्राविधिक पठाएको पत्र पुगेको छ तर कर्मचारी भने पुगेका छैनन’, प्राविधिक अधिकृत थापाले भने,‘ विषादी परीक्षण गर्ने एउटा मेसिन भएको र त्यसमा पारमेट र अग्रानिक फास्फेट परीक्षण गरिने छ।’
अत्तरियाको थोक तरकारी बजारका लागि मात्रै भनेर स्थापना भएको विषादी परीक्षण प्रयोगशालामा अहिले भारतबाट आयात हुने तरकारी र फलफूल पनि चेकजाँच गरिदै आएको छ। थापाले भन्सारले सिल गरे प्रयोगशालामा पठाएपछि चेकजाँच गर्ने गरिएको बताए। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६