सहकारी संस्थाले अब १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् ।
सहकारी ऐनकाृ व्यवस्थाअनुसार गठित सन्दर्भ ब्याजदर निर्धारण समितिको बिहीबार बसेको बैठहले बचतमा न्युनतम १० प्रतिशत र ऋणमा अधिकतम १६ प्रतिशत ब्याजदरको सिलिङ तोक्ने सहमति गरेको हो ।
यद्यपि समितिको शुक्रबार बस्ने बैठकले औपचारिक निर्णय गर्ने र पत्रकार सम्मेलनमार्फत जानकारी गराउने बताइएको छ । हाल सहकारी संस्थाल बचतमा १८ प्रतिशतसम्म र ऋण लगानीमा २४ प्रतिशतसम्म ब्याज लिँदै आएका छन् । आजको कारोबार दैनिकमा समाचार छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६