मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग भन्दा दक्षिण तिर अवस्थित छ र बिस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने देखिन्छ |
हाल देशको पूर्वी, पश्चिमि तथा मध्य पहाडी भू-भागमा सामान्य बदलीको अवस्था रहेको छ | साथै ती क्षेत्रहरुका थोरै स्थानहरुमा वर्षा भैरहेको देखिन्छ | मध्य तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको छ |आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ |
साथै राती देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षा हुने संभावना छ । पश्चिमी पहाडि भू-भागका एक वा दई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |
प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६