वासिङ्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ ।
उनीहरुबीच द्विपक्षीय व्यापार र रुसको साइबेरियाको डढेलोको विषयमा कुराकानी भएको ह्वाइट हाउसले बुधबार जानकारी दिएको छ ।
राष्ट्रपति ट्रम्पले साइबेरियामा लागेको भीषण डढेलोप्रति गहिरो चिन्ता व्यक्त गरेका थिए । साथै दुबै मुलुकबीचको व्यापारका विषयमा पनि छलफल भएको ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
दुई नेताबीच टेलिफोन वार्ता भएको बारेमा क्रेमलिनले बुधबार अबेर राती जानकारी दिएको थियो । रुसको साइबेरिया र सुदूर पूर्वी क्षेत्रमा लागेको डढेलोका कारण सङ्कटकाल घोषणा गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १६, २०७६