इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरीका गाँउ गाँउमा विकासको लहर छाएको दावी गरेका छन् । एक कार्यक्रमलाई सम्वोधन गर्दै उनले १४ महिनामा ३० किलोमिटर वाटो कालोपत्र गर्न नसके राजिनामा दिने वताए । इटहरीमा सडक निर्माणको कामले गाँउ गाँउमा तिव्रता लिएको दावी गरे ।
इटहरीका ११ वटा सडक वहुवर्षिय योजना अनुरुप निर्माण हुदै छन् । ती सडक निर्माण पछि गाँउ र मुख्य सडकलाई पिच वाटोले जोडने छ । उपमहानगरका गाँउ गाँउका जनतालाई पनि उपमहानगरवासी भएको अनुभूति दिलाउने गरि गाँउका मुख्य वाटोलाई कालोपत्रे गर्ने कार्य भइरहेको उनले बताए ।
काम गर्न समय लाग्छ प्रमुख चौधरीले भने ‘तुरुन्तै कामको परिणाम नदेखिन सक्छ तर केहि समयमै इटहरीमा विकासको नयाँ उचाई प्राप्त हुने गरि काम भइरहेको छ ।’ गत वर्ष इटहरी उपमहानगरले करिव सात सय योजना सडक निर्माणको संचालन गरेको थियो । चालु आर्थिक वर्षमा पनि भौतिक संरचना निर्माणलाई नै प्राथमिकता दिएको छ । उनले वाह्य चक्रपथका लागि सहयोग गर्न संघ र प्रदेश सरकार सँग आग्रह गरे ।
इटहरी उपमहानगरले सो चक्रपथको डिपिआर निर्माणका लागि तीन करोड रुपैयाँ छुट्याएको छ । इटहरीलाई हरेक क्षेत्रमा आत्मनिर्भर वनाउनका लागि योजना तयार भइरहेको प्रमुख चौधरीले वताए ।
उपमहानगरमा रहेका वेथिति हटाउदै इटहरीको सम्वृद्धि र विकासलाई भने नयाँ उचाईमा पुर्याउने वताए । मेयर चौधरीले चलाएको भ्रष्टाचार विरोधी अभियानलाई संस्थागत गर्दै उपमहानगरको पाँचौ नगरसभाले “सुशासन र सम्वृद्धि हाम्रो अभियान, भ्रष्ट्राचार विहिन सरल, सहज र पहँुचयुक्त इटहरी नगर प्रशासन” नारा नै तय गरेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १६, २०७६