बोइङले दोस्रो त्रैमासिक अवधिमा २.८ अर्ब डलरको घाटा भएको जनाएको छ । दुई भयानक दुर्घटनापछि फ्लागशिप ७३७ म्याक्स जेट ग्राउण्डेड भएकाले यो घाटा हालसम्मकै खराब हो ।
अघिल्लो कारोबार अवधिको तुलनामा बोइङको सेयर मूल्यमा ३.१ प्रतिशतले गिरावट आएको छ । यसले डाउ जोन्स इन्डस्ट्रिज एभरेज पनि ओरालो लागेको छ ।
यो वर्षको त्रैमासिक अवधिमा बोइङको सेयर मूल्यमा प्रतिसेयर ५.८२ डलरले गिरावट आएको छ । यसैबीच आम्दानीमा पनि भारी गिरावट आएर १५.८ अर्ब डलर कामय भएको छ । आजको कारोबार दैनिकमा समाचार छ ।
प्रकाशित मिति: बिहीबार, साउन १६, २०७६