हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग भन्दा दक्षिण तिर रहेको छ र अबको २/३ दिन पश्चात न्यून चापीय रेखा उत्तरतिर सर्दै नेपालको पश्चिमी तराई नजिक रहने सम्भावना छ। यस कारण अबको २/३ दिन पछि मनसुनीगतिविधि बढ्ने सम्भावना रहेको देखिन्छ।
हाल देशका धेरै जसो स्थानमा सामान्य बदलीको अवस्था छ। देशका थोरै स्थानमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ।आज दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुने संभावना छ । राती देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुने संभावना छ |
प्रकाशित मिति: बिहीबार, साउन १६, २०७६