सुर्खेत ः वर्षातसँगै आएको पहिरोले चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग बुधबारदेखि सञ्चालनमा आएको छ । कालिकोटको कालेखोलामा ४० मिटर सडकमा पहिरो गएपछि शनिबारदेखि सवारी चल्न सकेका थिएनन् । कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले मध्यान्ह १२ बजदेखि सवारी सञ्चालनमा आएको बताए ।
सडक डिभिजन कार्यालय जुम्लाबाट गएको ईन्जिनियरको टोलीले जेसीबीको प्रयोग गरेपछि राजमार्ग खुलेको हो । वर्सेनि कालेखोलामै पहिरो जाँदा हप्तौंसम्म सडक अवरुद्ध हुने गरेको छ । प्राविधिक टोलीले तत्काल एकतर्फी मात्रै भएपनि ट्र्याक खोलेर सवारी सञ्चालनमा ल्याएको छ ।
पहिरोले सडक अवरुद्ध भएपछि कर्णालीका मुगु, जुम्ला र कालिकोटमा उपभोग्य वस्तुको भाउ आकासिएको थियो । व्यापारीले पहिल्यै थन्क्याएर राखेको खाद्य वस्तु महंगामो बिक्री गरिरहेका उपभोक्ताले गुनासो गरेका छन् । यसअघि पनि गगने खोला, सुनारखोला, खल्लागाड र राँचुलीमा पहिरो जाँदा निकै सास्ती हुने गरेको थियो ।
प्रकाशित मिति: बुधबार, साउन १५, २०७६